भेजिटेबल पुलाउ

भेजिटेबल पुलाउ
सामग्री ः बासमती चामल -१ कप), तेल -१ चम्चा), प्याज - १ वटा), हरियो केराउ -आधा कप), लेमन जुस -१ चम्चा), गोलभेंडा, नुन, बेसार ल्वाङ, सुकुमेल, अलैंची, अदुवा, लसुन, खुर्सानी -आवश्यकताअनुसार)।
विधि ः चामललाई राम्रोसँग पखालेर १ घण्टाजति भिजाउने। एउटा प्यानमा तेल तताउने। त्यसमा बेसार, तेजपत्ता, ल्वाङ, सुकुमेल, अलैंची हाल्ने अनि अदुवा, लसुन तथा हरियो खुर्सानीको टुक्रा राखेर १ मिनेटजति भुट्ने। अब काटेको प्याज, गोलभंेडाको टुक्रा र हरियो केराउ हालेर ३ मिनेटसम्म पकाउने। त्यसमाथि चामल हालेर चलाउने। त्यसपछि चर्को आगोमा २ कप पानी र स्वाद अनुसार नुन हाली पकाउने। पानी सुकेपछि लेमन जुस हाल्ने र मधुरो आँचमा ७ मिनेटजति छोपेर राख्ने।